नियम १२
राष्ट्रिय खोत अनुमान समिति
(१) ऐनको दफा ७ को उपदफा (२) बमोजिमको राष्ट्रिय स्रोत अनुमान समितिको संरचना देहाय बमोजिम हुनेछः- (क) उपाध्यक्ष, योजना आयोग -संयोजक
(ख) सदस्य
(समष्टिगत आर्थिक क्षेत्र हेर्ने) योजना आयोग -सदस्य
(ग) गभर्नर, नेपाल राष्ट्र बैङ्क -सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय -सदस्य
(ङ) महालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय -सदस्य
(च) सदस्य-सचिव, योजना आयोग -सदस्य-सचिव
(२) राष्ट्रिय स्रोत अनुमान समितिको बैठक आवश्यकता अनुसार सो समितिको संयोजकले तोकेको मिति, स्थान र समयमा बस्नेछ।
(३) राष्ट्रिय स्रोत अनुमान समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।